काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले नेपालमा एसेम्ब गरेका हुन्डाई भेन्यु २ सय ५० बढी विक्री भएको जानकारी दिएको छ । कम्पनीले २०२४ को मे देखि नेपालमा भेन्यु एस र एसएक्स उत्पादन गरी विक्री सुरु गरेको थियो । त्यसयता मात्रै कम्पनीले उक्त संख्यामा नेपालमा एसेम्ब गरिएका गाडीहरुको विक्री गरेको हो ।
हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरिएन्ट मध्ये भेन्यु (एस) को मूल्य ४४ लाख ९६ हजार र भेन्यु (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।
साझा अर्थ संवाददाता