हेटौडाःबागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिनुभएको छ । लामाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग आज एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
मुख्यमन्त्री लामाले सपथ लिनुभएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रीपरिषद्मा नियुक्त मन्त्रीहरुलाईसमेत् मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराउनुभयो । नवनियुक्त मन्त्रीहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले राससलाई बताउनुभयो ।
शपथ ग्रहण समारोहमा बागमती प्रदेशका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईं र निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थित हुनुुहुन्थ्यो ।
साझा अर्थ संवाददाता