मेट लाइफले दियो क्रिकेट खेलाडीलाई १० लाखको बीमासहित मेडिकल सुविधा
मेट लाइफ नेपालले राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरूको बीमा गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग साझेदारी गर्ने घोषणा गरेको छ ।
कम्पनीले खेलकूदको उच्च स्तरमा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई व्यापक जीवन बीमा कभरेज उपलब्ध गराउन आवश्यक रहेको तथ्यलाई मान्यता दिएको बताएको छ । खेलाडीहरुको भविष्य सुरक्षित गर्दै, यो साझेदारीका लागि क्यानसँग सम्झौता गरेको कम्पनीको भनाइ छ।
पुल्चोकस्थित कम्पनीको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा क्रिकेट संघ र मेटलाइफ नेपालका प्रतिनिधिको उपस्थितिमा हस्ताक्षर भएको हो । यो साझेदारी अन्तर्गत कम्पनीले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूका साथै क्यानका सदस्यहरूलाई अनुकूल जीवन र स्वास्थ्य बीमा योजनाहरू प्रदान गर्नेछ ।
बीमा कभरेज अन्तर्गत दुर्घटनामा मृत्यु भएमा १० लाख, दुर्घटनाग्रस्त चिकित्सा क्षतिपूर्तिको लागि २ लाख र अस्पतालमा भर्ना भएमा १ लाख जस्ता लाभहरू समावेश गरिएको छ ।
राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका वर्तमान सचिव पारस खड्काले मेटलाइफले क्रिकेट टोली र क्यानका सदस्यहरूलाई सुरक्षा दिएकाले
खेलामा आत्मविश्वासका साथ खेल्न ध्यान केन्द्रित गरेको बताए । त्यसैगरी, कम्पनकिा उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।
111
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो