पात्रो

रेडियो

समाचार खोजी

जिओमेटले दसैँ अफरमा एक हजार रात्रिबसलाई निःशुल्क जिपिएस उपकरण दिने

साझा अर्थ संवाददाता १० असोज २०८१, बिहिवार

 

नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउन टेलिमेटिक्स टेकले दसैँको विशेष उपहारस्वरूप लामो दूरीका रात्रिबसहरूमा निःशुल्क जिपिएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा एक हजारवटा लामो दूरीका रात्रिबसहरूमा जिपिएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए।

जियोमेटका संस्थापकले गैरेले भने, ‘हामीले वितरण गर्ने यो जिपिएस उपकरण बस सञ्चालकहरूका लागि हो, जसले बसको हरेक गतिविधि वास्तविक समयमा ट्र्याक गर्न मद्दत पुर्‍याउनेछ। यसले बस कम्पनीलाई तत्कालको बसको वास्तविक अवस्थिति र सञ्चालनबारे जानकारी दिनेछ। यसले यात्रुको यात्रा अनुभवलाई अझ आरामदायी बनाउने विश्वास लिएका छौँ।’

जियोमेटको जिपिएस प्रणाली मुख्यतः बस सञ्चालकहरूका लागि उपयोगी छ। यसले बसलाई वास्तविक समयमा ट्र्याक गर्न मद्दत गर्छ, जसले बस अहिले कहाँ छ, कति गतिमा गुडिरहेको छ र कुन रुटमा चलिरहेको छ भन्ने जानकारी दिन्छ।

यो प्रणालीले बस सञ्चालकहरूलाई सर्भिसिङको सही समय पहिचान गर्न र इन्धनको खपतको अनुगमन गर्न सहयोग गर्छ। जसले बसको दीर्घकालीन सञ्चालनलाई अझ व्यवस्थित बनाउँछ। साथै, बस सञ्चालकहरूले जहाँबाट पनि मोबाइल वा कम्प्युटरमार्फत आफ्ना बसहरूको अवस्थिति हेर्न सक्छन्।

224 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ