पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेशका मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

साझा अर्थ संवाददाता ८ साउन २०८१, मङ्गलवार

हेटौडा:बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख यादबचन्द्र शर्माले लामालाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई प्रदेश प्रमुख यादबचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको प्रदेेशप्रमुुखको कार्यालयले जनाएको छ ।

लामाले नेपाली कांग्रेस तथा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नु भएको थियो । लामालाई ६४ सांसदको समर्थन रहेको छ । मुख्यमन्त्रीले बुधवार सपथ लिनुहुने बताइएको छ ।

344 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता