पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेशको मुख्य मन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको दावी

साझा अर्थ संवाददाता ८ साउन २०८१, मङ्गलवार

मकवानपुर:बागमति प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले मुख्य मन्त्रीमा दावि पेश गर्नु भएको छ । लामाले नेपाली कांग्रेस तथा नेकपा एमालेको समर्थनमा मुख्पमन्त्रीमा दावी पेश गर्नु भएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापती ईन्द्र बानिया तथा नेकपा एमाले बागमती प्रदेससभा संसदीय दलका नेता जगन्नाथ थपलियाकासाथ लामा प्रदेस प्रमुख समक्ष दावी पेश गर्न पुग्नु भएको थियो । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न दिएको समय आज ५ बजे सकिएपछि प्रदेश प्रमुखले लामालाई मुख्यमन्त्रीमा नियुक्ती गर्नु हुने बताईएको छ । लामालाई कांग्रेस र एमालेका प्रदेश सभाका ६४ सांसदको समर्थन प्राप्त छ ।

311 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता