काठमाडौं, ३० असारः सेयर लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका छन् । पूँजि बजारमा देखिएको निरन्तर गिरावटको विरोधमा लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।
शेयर लगानी कर्ता तिलक कोराइरालाको नेतृत्वमा अहिले लगानीकर्ताहरु सेबोनको केन्द्रीय कार्यालयमा पुगेका छन् । बजारमा तत्काल सुधारगरी लगानीकर्ताको मनोबल उकास्नु पर्ने उनीहरुको माग छ । पूर्व घोषित कार्यक्रम अनुसार सेबोनमा विरोध प्रदर्शनपछि लगानीकर्ताहरु नेपाल स्टक ब्रोकर एसोसिएसन को कार्यालय तथा विभिन्न ब्रोकर कम्पनीका कार्यालयतर्फ जाने बताइएको छ ।
सरकारको स्पष्ट नीतिको अभावमा शेयर बजार निरन्तर ओरालो लाग्दा लगानी कर्ताहरुको अर्बौको लगानी जोखिममा परेको छ । अर्थ मन्त्रीमा स्वर्णीम वाग्ले आएपछि उत्साहित बनेका शेर लगानीकर्ताहरुको खुशि केही दिन पनि टिक्न नसकेपछि अहिले आम लगानीकर्ताहरु आन्दोलमा उत्रिएका हुन् ।