पात्रो

रेडियो

समाचार खोजी

काठमाडौँ महानगर सडक सहयोगापेक्षी मुक्त घोषणा

साझा अर्थ संवाददाता २६ जेठ २०८३, मङ्गलवार

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण भूभागलाई सडक सहयोगापेक्षी  मुक्त घोषणा गरेको छ। सोमबार एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘जो बेसहारा, काठमाडौँ महानगरको अभिभारा’ नारासहित यो घोषणा गरेकी हुन्।

यो अभियानलाई प्रभावकारी बनाउन महानगरले नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेको छ। सहयोगापेक्षीको व्यवस्थापनका लागि सम्पर्क, समन्वय र एकीकृत प्रणाली सञ्चालन गरिनेछ।

सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँलाई सांस्कृतिक तथा मानवीय सहरको पहिचान दिन यो निर्णय गरिएको बताइन्। पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवता प्रवर्द्धनमा कमजोरी नगर्न सबै जिम्मेवार बन्नुपर्ने धारणा राखे।

महानगरले विसं २०७४ देखि मानव सेवा आश्रमसँगको सहकार्यमा वार्षिक करिब दुई करोड रुपैयाँ खर्च गर्दै आएको छ। मेची महाकाली अभियानबाट १९७ जना भिखारीको उद्धार तथा व्यवस्थापन गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठ, आनी छोइङ डोल्मा लगायतको उपस्थिति थियो।

19 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु