पात्रो

रेडियो

समाचार खोजी

‘बार्न’ अध्यक्षमा घिमिरे

साझा अर्थ संवाददाता २५ जेठ २०८३, सोमवार

काठमाडौँ: नेपालमा सञ्चालनमा रहेका अन्तरराष्ट्रिय एयरलाइन्सको छाता सङ्गठन नेपालस्थित एयरलाइन्स प्रतिनिधिको बोर्ड (बार्न)को अध्यक्षमा अनिल घिमिरे निर्वाचित हुनुभएको छ ।    
     
बार्नको भर्खरै सम्पन्न वार्षिक साधारणसभा एवं निर्वाचनबाट सन् २०२६–२०२८ का लागि घिमिरेको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा भोलाविक्रम थापा, द्वितीय उपाध्यक्षमा अभित श्रेष्ठ, महासचिवमा सरिक बोगटी तथा कोषाध्यक्षमा नवराज शाही निर्वाचित हुनुभएको बार्नले जनाएको छ ।    
    
यस्तै, कार्यसमिति सदस्यमा सेरकान बसर, जुनु मलेकु, धीरजचन्द्र श्रेष्ठ, सन्तोषविक्रम राना, तृप्ति क्षेत्री, रमेश लामिछाने र बासु लामिछानेललाई चयन गरिएको छ ।    
    
‘लचिलो आकाश, साझा दृष्टिकोण’ मूल नाराका साथ सन् १९९० मा स्थापना भएको बार्नले सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपालको उड्डयन क्षेत्रको व्यावसायिक विकास र विस्तारमा सक्रिय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।    

42 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु