दोलखाः राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको सभापतिमा पूनः दिनेश बस्नेत निर्विरोध चयन हुनु भएको छ । पार्टीको शनिवार सम्पन्न प्रथम जिल्ला अधिवेशनले बस्नेतलाई निर्विरोध सभापतिमा चयन गरेको हो ।
यस्तै सचिवमा पनि निवर्तमान सचिव रेमश श्रेष्ठ निर्विरोध चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । अन्य पदमा भने निर्वाचन भएको छ । निर्वाचित हुनु हुनेहरुमा उपाध्यक्षमा कृष्ण खड्का तथा सहसचिवमा अर्जुन कार्की रहनु भएको छ ।