पर्सा : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनाको अबवधीमा २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आव को श्रावण र भाद्र महिनामा सो राजस्व संकलन गर्न सकेको हो ।
३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयको भनाई रहेको छ ।
गत आवको सोही अवधिमा ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात् २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो ।
साझा अर्थ संवाददाता