पात्रो

रेडियो

समाचार खोजी

पुँजीगत खर्च बढाउनु सकारात्मक

साझा अर्थ संवाददाता १६ जेठ २०८३, शनिवार

काठमाडौँ, १६ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले पुँजीगत खर्च बढाउनुलाई सकारात्मक पहलको रूपमा लिँदै यसले निजी क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

नेपाल जग्गा तथा आवास विकास सङ्घको १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले आगामी बजेटले पूर्वाधार क्षेत्रको खर्च बढाउनु, आयकर घटाउनु र प्रविधिलाई जोड दिनु उत्साहजनक रहेको बताउनुभयो। उहाँले रोजगारीका लागि विदेशिनुपर्ने र सात दशांश उपभोग्य वस्तु आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। विदेशीलाई लिजमा घर खरिदको व्यवस्था र व्यवस्थित सहरको परिकल्पना व्यवसायीका लागि खुशीको विषय भएको उहाँको भनाइ छ।

त्यस्तै, सङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बजेटले एकीकृत सहरी पूर्वाधारको कल्पना गरेकाले यसलाई सकारात्मक रूपमा लिइएको बताउनुभयो। नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले लगानीको वातावरण नबन्दा समस्या रहेको उल्लेख गर्दै अर्थतन्त्र चलायमान गर्न घरजग्गा क्षेत्र सुधार हुनुपर्ने बताउनुभयो।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले स्थायी सरकार आएपछि निजी क्षेत्र आशावादी रहेको र भौतिक पूर्वाधारमा चार खर्ब रुपैयाँ बजेट विनियोजन हुनु सुखद भएको प्रतिक्रिया दिनुभयो। सङ्घका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठले विदेशीले लिजमा अपार्टमेन्ट किन्न पाउने निर्णयले अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष इन्जिनियर दीपक कुँवरले २०७६ सालको जग्गा हदबन्दीले व्यवसायी मारमा परेको र यो समस्या तत्काल समाधान हुने अपेक्षा गर्नुभयो।

133 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ