पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा सामान्य सुधार, ६ अर्ब माथिको कारोबार

साझा अर्थ संवाददाता १३ जेठ २०८३, बुधवार

काठमाडौँ, १३ जेठ:नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। अघिल्लो दिन ९.२४ अङ्कले घटेको बजार बुधबार ४.९९ अङ्क (०.१७ प्रतिशत) ले बढेर २,७८२.१० अङ्कमा बन्द भएको छ।

बजार परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकममा भने उत्साह देखिएको छ। आज दिनभरिमा कुल १ करोड ५२ लाख ४९ हजार ७ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३ करोड ६४ हजार ८ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण नजिकिँदै गर्दा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा बजारमा यस्तो मिश्रित प्रतिक्रिया देखिएको हो।

55 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ