पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा २८ अङ्कको वृद्धि: ६ अर्ब नजिक पुग्यो कारोबार रकम

साझा अर्थ संवाददाता ११ जेठ २०८३, सोमवार

काठमाडौँ, ११ जेठ: धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८५ अङ्कले उकालो लागेर दुई हजार सात सय ८६ दशमलव ३५ मा पुगेको छ।

कूल कम्पनीहरूको कारोबार मापन गर्ने बजारमा आज तीव्र उत्साह देखिएको छ। दिनभर भएका कारोबारबाट कूल एक करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर रु ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार छ सय मूल्यमा खरिद बिक्री भएका छन्।

साताको पहिलो कारोबार दिन बजार परिसूचकसँगै कारोबार रकममा पनि ठुलो उछाल आएपछि समग्र बजार पुँजीकरणमा सकारात्मक प्रभाव परेको छ। अधिकांश उपसमूहहरू हरियाली बनेसँगै आज लगानीकर्ताहरूको मनोबल थप बलियो देखिएको छ।

510 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु