पात्रो

रेडियो

समाचार खोजी

प्राविधिक शिक्षा विस्तारमा सहकार्य गर्न बेलायत तयार

साझा अर्थ संवाददाता १० जेठ २०८३, आइतवार

काठमाडौँ, १० जेठ – नेपालको तीन दिने भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राले नेपालको प्राविधिक शिक्षा विस्तार र शैक्षिक गुणस्तर सुधारमा सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन्।

‘नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज’द्वारा आज आयोजित उच्चस्तरीय छलफलमा उनले शिक्षालाई दुई देशबीचको सम्बन्ध विस्तारको प्राथमिकता रहेको बताइन्। “बेलायतको अभिष्ट शैक्षिक विकास हो। युवालाई अवसर सृजनामा सहयोग गर्न हामी लागिपरेका छौँ,” उनले भनिन्।

नेपालमा बेलायती सम्बन्धन प्राप्त कलेज र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले दुई देशको सम्बन्धलाई झल्काइसकेको उल्लेख गर्दै मन्त्री मल्होत्राले शिक्षालाई अर्थतन्त्र र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिइन्। “नेपालको नयाँ सरकारको प्राथमिकताका आधारमा सहकार्य बढाउन हामी तयार छौँ,” उनको भनाइ थियो।

भ्रमणका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री सस्मिता पोखरेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटवार्ता गरेकी थिइन्।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले प्राविधिक शिक्षा र सुशासनमा वैदेशिक सहकार्यको आवश्यकता रहेको बताए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पूर्वसदस्यसचिव डा. रामहरि लामिछानेले ‘सेक्टर स्किल काउन्सिल’ स्थापना र बेलायतको गुणस्तर मापन प्रणाली विकासमा सहयोग माग गरे।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घका डा. उद्धव खड्काले गत आर्थिक वर्ष मात्र २३ हजार नेपाली विद्यार्थी बेलायत उच्चशिक्षाका लागि गएको जानकारी दिए। बेलायती राजदूत रब फेनले दीर्घकालीन साझेदारीका लागि लगानीको विषयमा छलफल भएको बताए।

73 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्