काठमाडौंः अमेरिकी राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनको दौडबाट आफ्नो उम्मेदेवारी त्याग्नु भएको छ । निर्वाचन हुनु चार महिनाअघि उहाँले आफ्नो उम्मेदवारी त्याग्ने निणर्य गर्नुभएको हो ।
उमेरका कारण वाइडेनको प्रस्तुति फितलो रहेको भन्दै डेमोक्र्याटिक पाटीका नेताहरले नैं उहाँले निर्वाचन जित्न नसक्ने धारणा ब्यक्तगरिरहेको सन्दर्भमा वाइडेनले उम्मेदेवारी त्याग्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गर्नु भएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचन हुने अब चार महिना बाँकीछ । आइतवार गरेको घोषणमा वाइडेनले बाँकी कार्याकाल राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने तथा उमेद्वारी फिर्ता लिने घोषणा गर्नु भएको हो । रिपब्लीकन उमेद्वार डोनाल्ड ट्रम्पसँगको सार्वजनिक बहसमा उहाँको प्रस्तुती फितलो देखिएपछि डेमोक्र्याटिक पार्टीका नेताहरुले बाइडेनले निर्वाचन जित्न नसक्ने भन्दे उहाँलाई उमेद्वारी त्याग्न दवाव दिईरहेका थिए ।
( एजेन्सीरुको सहयोगमा)
तस्विरः मोर्निङ हेराल्ड
साझा अर्थ संवाददाता