पात्रो

रेडियो

समाचार खोजी

३० अङ्कले बढ्दा पौने ४ अर्बको कारोबार

साझा अर्थ संवाददाता ६ जेठ २०८३, बुधवार

काठमाडौँ, ०६ जेठ:धितोपत्र बजार परिसूचक नेप्सेमा आज जेठ ६ गते बुधबार दोहोरो अङ्कको उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज परिसूचक ३०.०८ अङ्क अर्थात् १.१० प्रतिशतले बढेर २,७५४.४८ को बिन्दुमा पुगेर बन्द भएको छ। अघिल्लो कारोबार दिन परिसूचक ६.५१ अङ्कले घटेर २,७२४.३९ को बिन्दुमा सीमित भएको थियो।

परिसूचकसँगै आज बजारमा कारोबार रकममा पनि राम्रो सुधार आएको छ। आज दिनभर भएका कारोबारमा १ करोड ६ लाख ६१ हजार ४ सय ७६ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९ सय ६६ रुपैयाँ ८५ पैसा बराबरको कारोबार भएको छ। बैंकहरूमा ब्याजदर सस्तो हुनु र तरलता सहज हुनुले लगानीकर्ताको मनोबल बढाउँदा आजको बजारमा सकारात्मक प्रभाव देखिएको हो।

130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु