पात्रो

रेडियो

समाचार खोजी

हिमालयन पावर पार्टनरको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ६ जेठ २०८३, बुधवार

काठमाडौँ, ०६ जेठः हमालयन पावर पर्टनर को हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख १७ देखि खुल्ला गरेको पचास प्रतिशत हकप्रद शेयर मा आवेदन दिने अन्तिम मिति आज रहेको हो । 
कम्पनीले  १०० रुपैयाँ अङ्कित मूल्यका कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । जलविद्युत् आयोजना निर्माणका क्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको सहवित्तीयकरण ऋणको सावाँ–ब्याज भुक्तानीका लागि हकप्रद निष्कासनमार्फत संकलन हुने ५३ करोड २७ लाख रुपैयाँ उपयोग गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरको बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

830 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ