पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा झिनो अङ्कको गिरावट, कारोबार रकम साढे दुई अर्बमा सीमित

साझा अर्थ संवाददाता ४ जेठ २०८३, सोमवार

काठमाडौँ, ०४ जेठ : धितोपत्र बजारमा उतारचढावका बीच सेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १ दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ को विन्दुमा थामिएको हो। समग्र बजार सूचकमा शून्य दशमलव शून्य तीन प्रतिशतको यो झिनो गिरावटले बजारमा लगानीकर्ताहरू पर्ख र हेरको रणनीतिमा रहेको सङ्केत गर्दछ।

बजार बन्द हुँदा सम्म आज कुल ५८ लाख २८ हजार ६ सय ४ कित्ता सेयर खरिदबिक्री भएका छन्। दिनभरिका कारोबारबाट कुल २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४ सय ४९ रुपैयाँ बराबरको वित्तीय कारोबार भएको छ। नीतिगत स्पष्टता र आगामी आर्थिक परिदृश्यलाई नियालिरहेका कारण विगतका केही कारोबार दिनको तुलनामा आज खरिदबिक्रीको चाप र कारोबार रकम दुवैमा केही सुस्ती देखिएको छ।

381 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु