पात्रो

रेडियो

समाचार खोजी

स्नो रिभर्सको आईपीओ खुल्यो

साझा अर्थ संवाददाता २९ वैशाख २०८३, मङ्गलवार

काठमाडौंः स्नो रिभर्स लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुल्ला भएको छ । आजबाट सर्व साधारणकालागि आइपीओ निष्काशन तथा विक्री खुल्ला भएको हो ।  

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।

जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको जनाएको छ ।

आइपीओ  निष्काशन बन्द छिटोमा जेठ १ गते हुनेछ भने ढिलोमा जेठ १२ गते हुने शेयर विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनिले १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको

 छ ।

86 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु