नेपालमा सञ्चालित १७ विकास बैंकहरुले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा ८५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ विकास बैंक नाफामा छन् भने ६ वटा घाटामा छन् । चालु आवको साउनमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २० करोड २० लाख कमाएको छ । यसैगरी, दोस्रो स्थानको मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
साउनमा महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख, गरिमा विकास बैंकले ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । ज्योति विकास बैंकले ८ करोड ३७ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले, ६ करोड ८१ लाख, र लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख नाफा आर्जन गरेका छन् ।
त्यस्तै, सिन्धु विकास बैंकले ३१ लाख, सलपा विकास बैंकले २९ र कर्पोरेट डेभलपमेन्टले १६ लाख नाफा आर्जन गरेका छन् । चालु आवको पहिलामे महिनामा सबैभन्दा धेरै घाटा बेहोर्ने एक्सेल डेभलपमेन्टले ६ करोड ३७ लाख घाटा बेहोरेको छ ।
ग्रिन डेभलपमेन्ट बैंकले ८६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।
साझा अर्थ संवाददाता