साउनमा कुन बाणिज्य बैकले कति कमाए ?
आर्थिक वर्षको पहिलो एक महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ नाफा कमाए
चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बीस वाणिज्य बैंकहरुले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी नाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले ८ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका थिए ।
साउन महिनामा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले ८९ करोड २० लाख रुपैयाँ नाफा गरेर सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको हो । त्यस्तै, नबिल बैंकले ८३ करोड, कृषि विकास बैंकले ७१ करोड, हिमालयन बैंकले ५८ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ५७ करोड रुपैयाँ नाफा कमाएका छन् ।
साथै प्रभु बैंकले ५३ करोड ८० लाख, प्राइम कमर्सियल बैंकले ५० करोड ५० लाख, कुमारी बैंकले ५० करोड ३० लाख, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३० लाख, एनएमबि बैंकले ४२ करोड ७० लाख रुपैयाँ । एभरेष्ट बैंकले ४२ करोेड २० लाख रुपैयाँ नाफा कमाएको छ ।
सानिमा बैंकले ३८ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड सिद्धार्थले ३४ करोड ८० लाख, सिटिजन्सले ३४ करोड २० लाख, नेपाल एसबिआईले ३३ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १० लाख र एनआइसी एसिया बैंकले २६ करोड ६० लाख नाफा कमाएका छन् । साथै नेपाल बैंकले २२ करोड ३० लाख नाफा कमाउँदा माछापुच्छ्रे बैंकले २० करोड २० लाख रुपैयाँ नाफा गरेको छ ।
95
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो