पात्रो

रेडियो

समाचार खोजी

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

साझा अर्थ संवाददाता ३१ भदौ २०८१, सोमवार

सहकारीबारे छानबिन गर्न गठिन संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेस गरेपछि सभामुख घिमिरेले कार्यार्थ सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए । प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले उक्त समिति गठन गरेको हो ।


समितिका सभापति थापाले प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गर्दै साढे तीन महिनमा ४५१ जनासँग सहकारी रकम अपचलनबारे छलफल तथा सोधपुछ गरिएको बताए।

उनले समितिको बैठक ५६ पटक बसेको र सोही आधारमा प्रतिवेदन तयार गरिएको सदनलाई जानकारी दिए। प्रतिवेदन पेस गर्दै थापाले सहकारी ठगीमा विवाह, अंशबन्डा, ऋणी र सेयर सदस्यसमेत नक्कली रहेको पाइएको बताए। समितिको सभापतिमा एमाले सांसद सूर्य थापाका साथै सदस्यहरु एमालेकी सरिता भुसाल, नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य थिए ।

213 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ