पात्रो

रेडियो

समाचार खोजी

बाणिज्य बैैंकहरुले घटाए ब्याजदर

साझा अर्थ संवाददाता २९ माघ २०८२, बिहिवार

काठमाडौंः बाणिज्य बैंकहरुले फागुन महिनाकालागि ब्याजदर घटाएका छन् । बैकहरुले सार्वजनिक गरेको ब्यासजदर अनुसार यो महिनाकोलागि पनि ब्याजदर घटेको हो । 
माघ महिनामा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशतविन्दुमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत दर समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दु घटेको छ । 
यो महिना ९ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। जसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाएको छ। माघ महिनामा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ। ११ बैंकहरुले भने यस्तो मुद्दतिको अधिकतम ब्याजदरमा माघ महिनाकै दरलाई निरन्तरता दिएका छन्।
फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ५.१ प्रतिशतका दरले ब्याज दिने उल्लेख गरेको छ ।  सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ। यी बैंकहरुले अधिकतममा ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

69 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ