पात्रो

रेडियो

समाचार खोजी

असोजमा बाणिज्य बैंकहरुको मुद्दती निक्षेपको व्याजदर ६.३९ प्रतिशत कायम, कुन बैंकको कति ?

साझा अर्थ संवाददाता ३१ भदौ २०८१, सोमवार

असोज महिनाका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरको नयाँ ब्याजदर अुनसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.३९ प्रतिशत कायम भएको छ । भदौमा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.४९ प्रतिशत थियो ।  यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ औषत ब्याजदर ५.१० प्रतिशत कायम भएको छ । भदौमा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.२४ प्रतिशत थियो ।
असोजमा ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने दुई वटा बैंकले ब्याजदर बढाएका छन् ।    

असोजमा कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.१८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौमा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.४१ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.४१ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल बैंक लिमिटेड

बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.९४ प्रतिशत ब्याजदर व्यवस्था गरेको छ । भदौमा व्यक्तिगततर्फ अधिकतम ५।२५ र संस्थागतर्फको अधिकतम ४ प्रतिशत ब्याजदर कायम थियो ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

प्रभु बैंक  

प्रभु बैंकले असोजमा अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौकै व्याजदर असोजमा पनि बैकले निरन्तरता दिएको हो । 

एभरेष्ट बैंक  

बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ । भदौमा बैंकले व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ ५.१ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । भदौमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले असोजमा मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । भदौमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

सानिमा बैंक  

सानिमा बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ । भदौमा यस्तो व्याजदर क्रमश ६.२ र ४.९ प्रतिशत कायम रहेको थियो ।  

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६।७५ प्रतिशत र संस्थागततर्फ ४।७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले असोजमा मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  । भदौमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६।५० प्रतिशत र संस्थागततर्फ ५।५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले असोजमा असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

ग्लोबल आइएमई बैंक  

बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौमा व्यक्तिगततर्फ अधिकतम ६.२५ र संस्थागततर्फ ५.२५ प्रतिशत  थियो ।  

सिद्धार्थ बैंक  

सिद्धार्थ  बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

नबिल बैंक  

नबिलले असोजमा  व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत  थियो ।  

एनएमबी बैंक  

 बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.४१ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदर थियो ।  

हिमालयन बैंक  

हिमालयन बैंकले असोजमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

कृषि विकास बैंक  

बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०७ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौंमा क्रमशः६.०६५ र ४.२५ प्रतिशत कायम थियो ।  

माछापुच्छ्रे बैंक  

हिमालयन बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ