पात्रो

रेडियो

समाचार खोजी

वीरगञ्ज नाकाबाबट छ महिनामा १२ अर्बको खाद्यान्न आयात

साझा अर्थ संवाददाता १७ माघ २०८२, शनिवार

वीरगञ्ज : वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रू २१ करोड मूल्यको गिरावट आएको छ । 

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताउनुभयो । 

    जबकी गत आवको छ महिनामा भने रू ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा रू पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकी गत आवको सोही अवधिमा भने  रू छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।

     चालु आवको छ महिनामा रू तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै  आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा रू एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र रू ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै रू २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

102 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ