पात्रो

रेडियो

समाचार खोजी

विश्वकप ग्लोबल क्वालिफार्यस: नेपाल आज जिम्बाबेविरुद्ध खेल्दै, दुवै जित्नै पर्ने दबाबमा

साझा अर्थ संवाददाता १० माघ २०८२, शनिवार

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज जिम्बाबेको सामना गर्दैछ । यो खेल आज दिउसो १ बजे टियु क्रिकेट मैदानमा हुदैछ ।

यसअघि लगातार दुई खेलमा हार बेहोरेको नेपाल जिम्बाबेविरुद्धको खेल जित्नैपर्ने अवस्थामा रहेको छ । यो खेलमा हार बेहोरेमा नेपाल बाहिरिने छ ।  

समुह बी अन्तर्गत नेपालले पहिलो खेलमा थाइल्याण्डसँग र दोस्रो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको छ । नेपालले आज जिम्बाबेसँग खेल्दैछ भने समुह चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग सोमबार हुने तालिका छन् ।

त्यस्तै जिम्बाबेले पनि यसअघिका दुवै खेलमा हार बेहोरेकाले उसका लागि पनि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

त्यस्तै आज बिहान ९ बजे समुह बि का स्कटल्याण्ड र थाइल्याण्डबीच खेल हुदैछ भने अर्को खेल नामिबिया र पीएनजीबीच खेल हुदैछ । त्यस्तै आज समुह ए अन्तर्गतको अर्को खेल दिउसो १ बजे बंगलादेश र आयरल्याण्डबीच हुदैछ ।

54 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु