पात्रो

रेडियो

समाचार खोजी

डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए

साझा अर्थ संवाददाता ९ माघ २०८२, शुक्रवार

काठमाडौं, माघ ९ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी चैत ५ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं. २ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका भट्टराईले आफ्नो प्रतिनिधि नारायण खत्रीमार्फत गोरखा नगरपालिका–८ स्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेलबासेले जानकारी दिए।

यस्तै, सोही पार्टीका अर्का उम्मेदवार गोपाल बाबु श्रेष्ठले पनि गोरखा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार श्रेष्ठले निर्धारित समयभित्र उम्मेदवारी फिर्ता लिएका हुन्।

दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि गोरखा निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवार संख्या घटेर १२ र क्षेत्र नं. २ मा १३ पुगेको निर्वाचन कार्यालयले जनाएको छ।

पूर्वप्रधानमन्त्रीको उम्मेदवारी फिर्तासँगै गोरखाको चुनावी समीकरणमा नयाँ मोड आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

43 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु