पात्रो

रेडियो

समाचार खोजी

नीतिगत स्थायीत्व मा जोड

साझा अर्थ संवाददाता २९ भदौ २०८१, शनिवार

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले नीजि क्षेत्रले राम्रोसँग काम गर्न नीतिगत स्थायित्व आवश्यक रहेको कुरामा जोड दिनु भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनसँगको भेटमा अध्यक्ष ढकाललेसो कुरामा जोड दिनु भएको हो । 
 नेपाली अर्थतन्त्र बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई उहाँले आग्रह गर्नु भयो । हाल नेपालको बैंकिङ प्रणालीमा उच्च तरलता भएर ब्याजदर  घटे पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको उक्त अवसरमा बताउनु भयो । 
नेपाल उद्योग वाणिज्य बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने खतरा औँयाउँदै उहाले  निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास ब्यक्त गर्नु भयो । भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोषले नेपाललार्य सहयोग गर्ने बताउनु भयो ।

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्