काठमाडौंः भुजुङ हाइड्रो पावरको आइपीको माघ १२ बाट विक्री खुल्ला गरिने भएको छ । सर्वसाधारणकालागि सो दिन बाट आइपीओ विक्री खुल्ला हुने भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता सेयर जारी गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका कुमारी क्यापिटल लिमिटेड रहेको छ ।