पात्रो

रेडियो

समाचार खोजी

निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाई

साझा अर्थ संवाददाता २७ भदौ २०८१, बिहिवार

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार रहेको बताउनुभएको छ । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले सो कुरा बताउनु भएको हो । 
नेपाल उद्योग परिसंघ तथा  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा काठमाडौंमा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तयार रहेको बताउनु भयो । कोभिड-१९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो ।

311 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्