पात्रो

रेडियो

समाचार खोजी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.१७८ प्रतिशत नगद लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता १ पुष २०८२, मङ्गलवार

काठमाडौं — सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (SRLI) ले आर्थिक वर्ष २०८१/८२ का लागि १०.१७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको ५४औँ बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीको हालको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।

हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु