पात्रो

रेडियो

समाचार खोजी

संघर्ष, नेतृत्व र सम्भावनाः कालिञ्चोक सहज यात्रामा रूपान्तरण गर्ने सिवाकोटीको नेतृत्व

साझा अर्थ संवाददाता २४ मंसिर २०८२, बुधवार
समाचार सारांश
  • बालकृष्ण सिवाकोटीको संघर्ष र नेतृत्व: दोलखाका बालकृष्ण सिवाकोटीले कठिन कालिञ्चोक पहाडलाई विकास र सम्भावनाको शिखर बनाएका छन्। उनले जोखिमपूर्ण यात्रा र मौसमसँग लडेर कालिञ्चोक दर्शनको स्थापना गरेका छन्।

  • कालिञ्चोक दर्शन र रोजगार सिर्जना: कालिञ्चोक दर्शनले केवलकार र पर्यटनको विकास मात्र नभई, स्थानीय समुदायको रोजगारी र व्यापारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस परियोजनाले हजारौँलाई रोजगारी र आर्थिक अवसर प्रदान गरेको छ।

  • परियोजनाको भविष्य र योजना: सिवाकोटीले भविष्यमा होटल निर्माण, पर्यटन र आतिथ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्य राखेका छन्। कालिञ्चोक इन्भेष्टमेण्ट कम्पनीले आईपीओ जारी गर्ने तयारी पनि गरेको छ।

  • सामाजिक र राजनीतिक सक्रियता: सिवाकोटी राजनीति, सामाजिक कार्य, र व्यवसायमा सक्रिय छन्। उनले भूकम्पपछिको राहत र पुनर्निर्माण कार्यमा पनि प्रमुख भूमिका खेलेका छन्। उहाँ नेकपा (एमाले) का सक्रिय सदस्य र पार्टीका विभिन्न पदहरूमा कार्यरत छन्।

  • दृढता र सफलता: सिवाकोटीको संघर्ष र दृढ इच्छाशक्ति कालिञ्चोकलाई राष्ट्रिय स्तरमा आकर्षण बनाउने प्रेरणा बनेको छ। उनका प्रयासले एउटा पहाडलाई केवल स्थल होइन, अवसर र विकासको प्रतीकमा परिणत गरिदिएको छ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौः नेपालका हजारौँ शिखरमध्ये केही शिखर केबल उचाइका लागि होइन आस्थाका लागि चिनिन्छन् । तीमध्ये एक हो दोलखामा रहेको कालिञ्चोक । कहिल्यै सजिलो थिएन त्यहाँसम्मको यात्रा । उकालो, हिउँ, कठोर मौसम तथा लामो समयसम्म कालिञ्चोक पहुँच मात्र होइन, धैर्यताको परीक्षा थियो ।
दोलखाली बालकृष्ण सिवाकोटीले त्यही पहाडलाई समस्या होइन, सम्भावना देख्नुभयो । बालकृष्ण एक यस्तो नाम, जसले पहाडसँग हार्न मानेन । जसले भन्यो— ‘यहाँ बाटो छैन भन्ने होइन, यहाँबाट नयाँ बाटो खुल्न बाँकी छ ।’

संघर्ष सुरु भयो, मौसम साक्षी बन्यो, पहाड साक्षी बन्यो, समय साक्षी बन्यो । प्रत्येक कठिनाइसँग लड्दै, धैर्य, मेहनत र दृढताले कालिञ्चोकमा सम्भावनाको नयाँ इतिहास लेखियो ।
आज कालिञ्चोक दर्शन केबल केबलकार होइन । यो एक सपना साकार भएको क्षण हो । जहाँ पहिले उकालो थियो, आज सहज यात्रा छ । जहाँ जोखिम थियो, आज सुरक्षा छ । जहाँ कठिनाइ थियो, आज अवसर छ । सँगै कालिञ्चोक दर्शन र कालिञ्चोक इन्भेष्टमेण्ट कम्पनीको स्थापना भएको छ ।
यस यात्रामा केबल पहाड बदलिएको होइन— समुदाय बदलिएको छ । रोजगारी आएको छ, व्यापार उठेको छ । र एउटा पहाड अब पहाड मात्र छैन, यो आस्था, उद्यम, र विकासको भेटघाट स्थल बनिसक्यो ।
सफलता कसरी आउँछ ? जब संघर्ष हिम्मतसँग जोडिन्छ, जब दृष्टि आत्मविश्वाससँग  भेटिन्छ र जब नेतृत्व पहाडभन्दा ठूलो बन्छ । एक पहाडको कथा मात्र होइन, एक मान्छेको दृढताको परिचय हो । एक समुदायको उकाइ हो । र एक देशलाई अवसर देखाउने दृष्टिको विजय हो ।

संघर्ष थियो, तर सफलता अझ उचाइमा थियो ।  आज कालिञ्चोक दर्शन र कालिञ्चोक इन्भेष्टमेण्ट कम्पनीका उभिएका छन, नेतृत्व, आस्था र उद्यमशीलताको नई परिभाषा बनेर । यो केबल यात्राको अन्त्य होइन । यो असम्भवलाई संभव बनाउने नेपालीहरूको यात्राको सुरुवात हो । बालकृष्ण सिवाकोटी त्यही नाम हो । जो दोलखाली जनताको सानोदेखि सानो र ठूलोदेखि ठूलो समस्या र सम्भावनाका लागि दिनरात नभनी कटिवद्ध छ । जुन बाटोमा धेरैले असम्भव देखे , बालकृष्ण सिवाकोटीले त्यहीँ सम्भावनाको शिखर खोज्नुभयो । पहाड कठोर थियो, मौसम कठोर थियो, तर इच्छाशक्ति अझ कठोर, यही संघर्ष आज कालिञ्चोक दर्शनको सफलता बनेर उभिएको छ ।
उहाँको नेतृत्वमा कालिञ्चोक केवलकार–परियोजना र कालिञ्चोक दर्शन लिमिटेडले दोलखा क्षेत्रको पर्यटन सम्भावना बढाउन प्रयास गरेको छ, जसले स्थानीय रोजगार, होटल–व्यवसाय, यातायात सुविधा, तीर्थयात्रा/पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको छ ।
समग्र नेपालको अर्थतन्त्रमा इटा थप्ने गरी कम्पनी भविष्यमा होटल निर्माण गर्ने योजना अघि बढाएको छ, जसले पर्यटन र आतिथ्य सेवामा रोजगारी तथा आर्थिक गतिविधिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । परियोजनाका मालिक स्वयं जनता नै हुनेगरी कालिञ्चोक दर्शनले आम सर्वसाधारणका लागि साधारण सेयर समेत जारी गरिसकेको छ भने कालिञ्चोक इन्भेष्टमेण्ट कम्पनीको कम्पनीले पनि आइपीओ जारी गर्ने तयारीमा छ ।
संघर्षले उठाएको कदमले आज हजारौँलाई रोजगारी प्रदान गरिरहेको छ । यसलाई सफलता भन्दा बढी, सेवा भन्नुपर्छ । कालिञ्चोकको उचाइ जति ठूलो छ, सिवाकोटीको संघर्ष त्यहीभन्दा धेरै गहिरो थियो ।
जुन उचाइ पहिले कठिनाइ थियो, आज त्यो उचाइ सिवाकोटीको संघर्षको ट्रयाक–रेकर्ड हो । उहाँले पहाड चढ्नुभएन । उहाँले पहाडलाई सबैका लागि यात्रा बनाइदिनुभयो । यही हो संघर्षको सफलता ।
दृष्टि ठूलो भए पहाडहरू साना पर्छन्—कालिञ्चोक दर्शन यसको जिउँदो प्रमाण हो । संघर्षले ढुंगा पगाल्दैन, तर मान्छेको दृढता पक्कै पोलिस गर्छ । सफलता त्यसपछि आफैँ चम्किन्छ । सफलता संयोगले आउँदैन, यो त्यहीँ आउँछ जहाँ नेतृत्वमा साहस र परियोजनामा आत्मविश्वास मिसिन्छ ।
कालिञ्चोक दर्शन र कालिञ्चोक इन्भेष्टमेण्ट कम्पनीको कम्पनीको सफलताभन्दा ठूलो कुरा उहाँले संघर्षलाई कहिल्यै गुनासोको भाषा बोल्नुभएन, केबल कामको भाषा बोल्नुभयो । आस्थाको यात्रालाई पहुँचमा पुर्‍याउन यो केबल व्यवसाय होइन, दूरदर्शी नेतृत्वको परिभाषा हो । सफलता त्यहीँ भेटिन्छ, जहाँ संघर्षको छातीमा ‘अडिग’ लेखिएको हुन्छ : सिवाकोटीको कथा यही हो ।
कालिञ्चोकको फेँदीबाट मन्दिरसम्म केबलकार सञ्चालन गर्ने यी कम्पनीहरुको स्थापनाकालदेखि नै कुशल नेतृत्व सम्हालिरहनुभएका सिवाकोटी चार दशकदेखि व्यवसाय, राजनीति र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
निर्माण, पूर्वाधार, उत्पादन, हाइड्रो पावर लगायतका दर्जनौ क्षेत्रमा लगानीको विस्तार गर्नुभएका सिवाकोटीले हजारौंलाई रोजगारी दिइरहनुभएकोमात्रै छैन हजारौं युवाको ढुकढुकी बन्नुभएको  छ ।
स्कुले जीवनदेखि नै नेकपा (एमाले) मार्फत राजनीति सुरु गरेका सिवाकोटीले पार्टीमा विभिन्न पदहरू सम्हाल्दै इलाका सचिव, क्षेत्रीय कमिटी सचिव, दुई कार्यकाल सचिवालय सदस्य (दोलखा) लगायतका जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
त्यसका अलावा, उहाँ उद्योग–व्यापार र लगानी बोर्डहरूमा पनि हुनुहुन्छ । केहि बैंक तथा लगानीका संस्था सम्बन्धित कार्यमा उहाँ सक्रिय हुनुहुन्छ ।
यस्तै सामाजिक क्षेत्रमा  विपद्, राहत, पुनर्स्थापना लगायत काममा पनि उहाँको सक्रिय योगदान रहेको छ । विशेष गरी २०७२ सालको भूकम्पपछिको राहत तथा पुनर्निर्माण उद्दार तथा स्थानीय सामाजिक–मानविय कामहरुमा उहाँको सक्रियता अहिले पनि गुञ्जन्छ ।

दोलखामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनिसक्नुभएका  शिवाकोटी दोलखाली राजनीतिमा पनि चीरपरिचित नाम हो ।
बुबाको राजनीतिक सामाजिक जीवनबाट प्रेरित हुनुभएका शिवाकोटी विद्यार्थी कालबाट नै अनेरास्ववियुको राजनीतिमा सक्रिय हुनुभयो । उहाँ क्षमावती माविमा अध्ययनरत रहँदा २०४० मा अनेरास्ववियुको उपाध्यक्षसम्म बनेर काठमाडौंस्थित नेपाल कमर्श क्याम्पस मीनभवनमा उच्चशिक्षा अध्ययनको लागि भर्ना हुनुभयो ।
त्यहाँ स्नातक तहसम्मको अध्ययन पूरा गरुन्जेल अनेरास्ववियु प्रारम्भिक कमिटीका विभिन्न पदमा सक्रिय रही राजनीतिक यात्रालाई निरन्तरता दिनुभयो । त्यसपछि भूगोलको राजनीतिमा सक्रियता देखाउनुभएका शिवाकोटी तत्कालीन इलाका नम्बर ९ को सचिवहुँदै २०५६ सालमा क्षेत्रीय कमिटीको सचिव बनेर पार्टी कामको नेतृत्व गर्नुभयो ।
राजनीतिक यात्रासँगसँगै समाजिक क्षेत्रमा पनि गतिशील शिवाकोटी नेकपा एमाले दोलखाको सचिवालय सदस्यमा निरन्तर १२ बर्ष रहेर पार्टी सञ्चालन तथा विकास निर्माणका कामहरुमा संलग्न हुनुभयो । पार्टी काम र सामाजिक सेवाका काममार्फत जनहितमा निरन्तर क्रियाशील रहेकै कारण उहाँ २०६५ मा बुटवलमा सम्पन्न नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनका लागि दोलखामा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको थियो ।
नेकपा एमाले निकट केन्द्रीय उद्योग तथा ब्यावसायी महासंघको केन्द्रीय महासचिव हुँदै हाल उहाँ एमालेको बागमति प्रदेश कमिटी सचिवालय सदस्यमा निरन्तर काम गरिरहनु भएको छ । एमालेको दशौँ महाधिवेशन तथा विधान महाधिवेशनमा पनि प्रतिनिधि रहनुभएका शिवाकोटी हाल एमालेको उद्योग हेर्ने भातृसंगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्जसमेत हुनुहुन्छ ।

सरल तथा मिजासिला शिवाकोटी थुप्रै सामाजिक संघसंस्थामा पनि सक्रिय हुनुहुन्छ । मदन भण्डारी फाउण्डेनसनको केन्द्रीय सदस्यसहित थुप्रै सामाजिक संघ–संस्थाहरुमा पनि नेतृत्वकारी भूमिकामा हुनुहुन्छ । त्यस्तै, नेपाल सरकार लगानी बोर्डको सदस्यमा तीन कार्यकालसम्म रहनुभएका शिवाकोटी मेगा बैंकको सञ्चालक समिति सदस्य पनि हुनुहुन्छ । बोर्ड सदस्यको हैसियतमा उहाँले राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको आधार तयार गर्ने पार्टीको मूलनीति कार्यान्वयनका लागि वैदेशिक लगानी भित्र्याउने, राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानीको मोडालिटीको निर्णय लिने, लगानीमैत्री वातावरण सिर्जना गर्ने लगायतका क्षेत्रमा धेरै महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ ।

अप्ठ्यारोमा परेकाहरुका लागि सदैव सहयोग गर्न रुचाउने शिवाकोटी सामाजिक कार्यमा रुची राख्ने र राष्ट्रिय विपतका बेला अग्रमोर्चामा रहेर राहत, उद्दारलगायतका काममा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
समग्रमा भन्नुपर्दा कालिञ्चोकको तीब्र उकालोलाई सहज यात्रामा रूपान्तरण गर्दै बालकृष्ण सिवाकोटीले एउटा कठिन भूगोललाई मात्र होइन, स्थानीय समुदायको आर्थिक र सामाजिक जीवनलाई पनि नयाँ दिशा दिनुभयो ।

संघर्ष, दृष्टि र नेतृत्वको संयोजनबाट जन्मिएका यी परियोजना आस्थामात्र होइनन् , पर्यटन, रोजगारी, व्यापार र विकासको सफल नमुना बनिसकेका छन् । जहाँ धेरैले असम्भव देखे, त्यहीँ सम्भावनाको बाटो खोलेर सिवाकोटीले कालिञ्चोकलाई राष्ट्रिय स्तरको आकर्षणमा उभ्याउनुभएको छ । कालिञ्चोकको उचाइ जति गर्विलो छ, त्यसलाई पहाडभन्दा ठूलो इच्छाशक्तिबाट परिवर्तन गर्न सकिने सन्देश सिवाकोटीको यात्राले दिएको छ । यो परियोजनाले एक व्यक्तिको संकल्प कति व्यापक परिवर्तनको आधार बन्न सक्छ भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गर्छ ।

664 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ