पात्रो

रेडियो

समाचार खोजी

विद्यार्थीलक्षित ‘एन्टी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा

साझा अर्थ संवाददाता २४ कार्तिक २०८२, सोमवार

काठमाडौँ । नेपाल टेलिकमले विद्यार्थीलक्षित ‘एन्टी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ । वि.सं. २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीका लागि ल्याइएको यस अफरको आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यव्रmममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुभारम्भ गर्नुभएको छ ।
उक्त अवसरमा बोल्दै उहाँले सार्वजनिक योजनाले विद्यार्थीलाई किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट पहुँच प्रदान गरी डिजिटल शिक्षामा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक रूपले सक्षम नभएका विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यसहित सार्वजनिक भएको यस योजना अन्तर्गत विद्यार्थीले करसहित चार हजार ९९९ रुपियाँमा ३० एमबिपिएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि प्राप्त गर्न सक्ने छन् । साथै एक थान डुअल ब्यान्ड सिपिई र सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ ।
विसं २०८२ माघ २२ गतेसम्म लागु हुने यस योजनामा आबद्ध हुन विद्यार्थीले १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टल वा नजिकको टेलिकम कार्यालयमा आवेदन दिन सक्ने टेलिकमले जनाएको छ ।

102 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु