काठमाडौंः आइतबार नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ प्रशोचण गर्न लागेको छ । वित्तीय प्रणालीमा भएको अधिक तरलता ब्यवस्थापन गर्न राष्ट्र बैंकले सो रकम प्रशोचण गर्न लागेको हो ।
८४ दिनका लागि उक्त रकम झिक्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत साता बैंकले १७५ दिनका लागि ४० अर्ब रुपैयाँ झिकेको थियो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।