पात्रो

रेडियो

समाचार खोजी

माओवादी केन्द्रसहित ९ दलको एकता राष्ट्रिय सम्मेलन आज

साझा अर्थ संवाददाता १९ कार्तिक २०८२, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ दलको  एकता राष्ट्रिय सम्मेलन आज हुने भएको छ । आज बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा ९ वाम दलको एकता राष्ट्रिय सम्मेलन हुने भएको हो ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन् ।

नयाँ दलको नाम 'नेपाली कम्युनिष्ट पार्टी' हुने भएको छ भने चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ । 

यस एकताले एकीकृत समाजवादी भने तीन टुक्रा भएको छ भने माओवादी केन्द्र पनि विभाजित भएको छ । एकीकृत समाजवादीमा घनश्याम भुसाल समुह एकता प्रक्रियामा सहभागी नहुने भएको छ भने रामकुमारी झाक्री, किसान श्रेष्ठसहितका नेताहरुले पुरानै दल एमाले फर्किने तयारी गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनार्दन शर्माले पनि एकता प्रक्रियामा सहभागी नहुने भन्दै मंगलबार नै 'प्रगतिशील अभियान नेपाल' को घोषणा गरेका छन् । यसमा उनलाई राम कार्की र अन्जना विशुंकेले साथ दिएका छन् । 

आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिदै छ भने बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकताको घोषणा हुदैछ ।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ