काठमाडौःं नेपाल शेयर बजार लगानी कर्ता संघ NSIA को प्रथम साधारण सभा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । साधारण सभा बिहिवार सम्न्न भएको हो ।
संघको साधारण सभाले दुई वर्षिय कार्यकालकालागि हरिबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरेको संघले जनाएको छ । संघका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, उपाध्यक्ष ई.भगवान बहादुर राउत, महासचिव खगेन्द्रराज कँडेल (रविन),सचिव भुवन ढकाल तथा कोषाध्यक्षमा मछिन्द्र बस्नेत चयन हुनु भएको छ । यस्तेै सदस्यहरू विवेक श्रेष्ठ, मिना भट्ट, ऋषिराज भेटवाल, कीचः चित्रकार, विष्णु बहादुर सिलवाल, अशोक शाह कानु, र राजु प्रसाद पौडेल चयन हुनु भएको निर्वाचन समितिको भनाई रहेको छ ।
यस अघि नेप्सेका कार्यकारी अघिकृत चूडामणि चापागाईं को प्रमुख आतिथ्इतामा सम्पन्न उदा्घाटन सत्रमा सिइओ चापागाईं ले नियामक निकाय र लगानीकर्ता संघबीचको सम्बन्धलाई छोरा–बाबुको जिम्मेवारी सँग तुलना गर्दै बजारको विकासमा लगानीकर्ताको भूमिकाबारे महत्वपूर्ण रहने बताउनु भएको थियो । साधारण सभाको उद्घाटन शत्रलाई पाटन उच्च अदालतका पूर्व न्यायाधीश सलाउद्दिन अख्तर सिद्दिकी, नेपाल शेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डे, जनरल इन्भेस्टर्स एसोसिएसनका अध्यक्ष ऋतु जंग जीसी, र धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे लगायत विभिन्न सहधर्मी संगठनका प्रतिनिधिहरूले बजारका चुनौती र लगानीकर्ता संघको जिम्मेवारीमाथि जोड दिँदै शुभकामना व्यक्त गर्नु भएको थियो ।
नवगठीत कार्य समितिले लगानीकर्ताहरूको अधिकार सुनिश्चित गर्दै पूँजी बजारलाई थप मर्यादित बनाउने अपेक्षा गरिएको छ ।