कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत चार खर्ब ७४ अर्ब ३५ करोड रुपियाँ र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत चार खर्ब ७४ अर्ब ३५ करोड रुपियाँ र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पटक–पटक गरी खुद ४४ खर्ब ७६ अर्ब ४५ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरू) बाट अमेरिकी डलर एक अर्ब छ करोड खुद खरिद गरी एक खर्ब ४९ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी एक खर्ब ११ अर्ब ९७ लाख तरलता प्रवाह गरेको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ३८ करोड बिक्री गरी ५३ अर्ब २४ करोड बराबरको भारतीय रूपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५६ करोड बिक्री गरी ७५ अर्ब ३९ करोड रुपियाँ बराबरको भारतीय रूपियाँ खरिद भएको थियो ।
दुई खर्ब २८ अर्बको अन्तरबैङ्क कारोबार
आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा वाणिज्य बैङ्कहरूको एक खर्ब ९८ अर्ब नौ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैङ्कहरूबीच बाहेक) को ३० अर्ब ६५ करोड रुपियाँ गरी कुल दुई खर्ब २८ अर्ब ७४ करोडको अन्तर–बैङ्क कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको एक खर्ब ९० अर्ब १० करोड र अन्य वित्तीय संस्थाहरूको तीन अर्ब ६० करोड गरी कुल एक खर्ब ९३ अर्ब ७० करोडको अन्तर बैङ्क कारोबार भएको थियो ।