पात्रो

रेडियो

समाचार खोजी

जेनजी र दलहरुबीच सम्वाद गर्न प्रधानमन्त्री कार्कीको प्रस्ताव

साझा अर्थ संवाददाता ५ कार्तिक २०८२, बुधवार

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले राजनीतिक दलहरुसँग अब जेनजीसँग सम्वाद गर्न प्रस्ताव गरेकी छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको राजनतिक दलहरुसँगको संवादमा बोल्दै अब जेनजी र दलहरू बसेर सम्वाद गर्न प्रस्ताव गरेकी हुन् ।

उनले दलहरुसँग छलफल गर्न ढिलाइ भएको बारे स्पष्ट गर्दै  घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्दा समय लागेको बताएकी छन् । साथै उनले सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको कारणले सम्वादमा ढिला भएको बताएकी छन् ।

छलफलमा उनले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको धारणा राखेकी थिइन् । 

प्रधानमन्त्री कार्कीले स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान सबै दललाई आग्रह गरेकी छन् । उनले चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउदै दलहरुले व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको बताएकी छन् ।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ