काठमाडौंः आज नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा केन्द्रय समितिको बैठक बस्ने भएको हो । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बताइएको छ ।
लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आउनु भएका पार्टी सभापपति देउवा आज बैठकमा उपस्थित हुनुहुने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनु भएको छ ।