काठमाडौंः बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट राजिनामा दिनु भएको छ । जेन्जी आन्दोलन चर्किरहेको समयमा भाद्र २४ गते राजनामा दिने घोषणा गरेका पाठकले बुधवार पदबाट राजिनामा दिनु भएको हो ।
उपसभामुख अप्सरा चापागाइँ मार्फत उहाँले राजिनामा दिनु भएको बागमती प्रदेश सभा सचिवालयले पुष्टी गरेको छ । पाठक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । जेन्जी आन्दोलनका क्रममा प्रदेशसभा भवन तोडफोड तथा आगजनीबाट ध्वस्त भएको छ ।