काठमाडौंः नेपालको शेयर बजार बुधवार बाट खुल्ने भएको छ । जेनजी प्रदर्शनको कारण भाद्र २४ गते देखि बन्द रहेको शेयर बजार सो दिन बाट खुल्ने भएको हो ।
बुधवारबाट शेयर बजार खोल्ने तयारी भइरहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले असोज २ गते सम्मकालागि शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । अहिले अवस्था सहज हुँदै गएपछि शेयर बजार खोल्न लागिएको बताइएको छ ।
तर सरकारले बुधवार शाेक विदा दिएकाेले विहीबारबाट मात्र बजार खुल्ने सम्भावना रहेकाे छ ।