पात्रो

रेडियो

समाचार खोजी

निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि बैंक तथा वित्तीय संस्था परिसंघको आग्रह

साझा अर्थ संवाददाता ३० भदौ २०८२, सोमवार
समाचार सारांश

विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तङ्ग्रिँदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरूको पवित्र उद्देश्यसहित आह्वान भएको छ । आन्दोलनको क्रममा भएको मानवीय र निहित स्वार्थ प्रेरित आक्रमणबाट देशैभरि सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति सिबिफिनले भनेको छ ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । जेनजीको अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेसा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सृजना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि बैंक तथा वित्तीय संस्था परिसंघले सरकारलाई आग्रह गरेको छ ।
परिसंघले नयाँ सरकारसँग हातेमालो गरेर अघि बढ्ने पनि बताएको छ । गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पु-याउने तत्त्वहरूसँग सजग हुँदै अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रूपमा रहेका सबल र जिम्मेवार रहेको पनि परिसंघले भनेको छ ।
‘सुशासनको प्रत्याभूतिका लागि हाम्रा कलिला युवाहरूको पछिल्लो पुस्ता जेनजी अभियन्ताको आह्वानमा भएको आन्दोलनको क्रममा उत्पन्न कठिन एवं भयावह अवस्थाले अन्तरिम सरकारको गठनसँगै शान्तिपूर्ण अवतरण पाएको छ र मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट बिस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तङ्ग्रिँदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरूको पवित्र उद्देश्यसहित आह्वान भएको छ । आन्दोलनको क्रममा भएको मानवीय र निहित स्वार्थ प्रेरित आक्रमणबाट देशैभरि सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति सिबिफिनले भनेको छ ।

82 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ