काठमाडौँः नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारत तथा नेपालको पुरानो मित्र राष्ट्र बेलायतले स्वागत गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि ति देशहरुले स्वागत गरेका हुन् ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको छ । विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।” भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ । यस्तै बेलायती राजदूतावासले पनि बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएको छ ।