पात्रो

रेडियो

समाचार खोजी

परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी

साझा अर्थ संवाददाता २५ भदौ २०८२, बुधवार

काठमाडौँ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज तुल्याउँदै राष्ट्रिय सम्पति, सम्पदा र परम्परामा आधारित मूल्य–मान्यताको संरक्षणमा ध्यान पुर्‍याउन आह्वान गर्नुभएको छ ।

देशको पछिल्लो घटनाबारे संक्षिप्त कुराकानी गर्दै उहाँले युवा पुस्तालगायत आम नागरिकले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्ना माग, मुद्दा र असन्तुष्टि राख्न पाउनु लोकतान्त्रिक प्रक्रिया भएको बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “आन्दोलनलाई मर्यादित र शान्तिपूर्ण रूपमा गरिनुपर्छ । नेपाल र नेपालीको पहिचानकारूपमा इतिहासदेखि रहेका महत्त्वपूर्ण सम्पदा र धरोहरलाई हानी नोक्सानी पुर्‍याउनु हुन्न, संरक्षणमा ध्यान पुर्‍याउनुपर्छ, यी हाम्रा महत्त्वपूर्ण नीधि हुन् ।” उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । साथै उहाँहरूको परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै  घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । 

46 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु