पात्रो

रेडियो

समाचार खोजी

मुख्यसचिव र सचिवहरुको भर्चुअल बैठक बस्दै, अत्यावश्यक सेवा प्रवाह सहज बनाउन छलफल हुने

साझा अर्थ संवाददाता २५ भदौ २०८२, बुधवार

काठमाडौँ : सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि आज नेपाली सेनाले देशको अवस्था आफ्नो हातमा लिएपछि विस्तारै परिस्थिति सहज बन्दैछ ।

यसैबीच देशको विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि राज्यका सम्बन्धित संयन्त्रबीच समन्वय र सहजीकरणका लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको छ ।

 

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो ।

 

त्यस्तै जेनजीका प्रतिनिधि, नेपाली सेना र राष्ट्रपतिबीच नयाँ राजनीतिक अध्यायको विषयमा छलफलको तयारी भएको बताइएको छ ।

131 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ