पात्रो

रेडियो

समाचार खोजी

मुलुकको अर्थतन्त्र सुदृढ बनाउन आर्थिक पत्रकारिताको भूमिका महत्वपूर्ण

साझा अर्थ संवाददाता २२ भदौ २०८२, आइतवार
समाचार सारांश

सेजनसँग वास्तवमा मन्त्री, नेतालाई तानेर लिएर आउने, आफ्ना कुरा सुनाउने ल्याकत, त्यो हैसियत छ । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ । सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ । सरकारले गरेका राम्रा कामहरू देख्नुभयो भने त्यसलाई पनि जनतासामु सम्प्रेषित गरिदिनुस्

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । सरकारका कमजोरी औँल्याउने र सकारात्मक कामका बारेमा जनतासम्म प्रभावकारी रूपमा पु¥याउन सञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको राजधानीमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन आर्थिक पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
सञ्चार क्षेत्रले सरकारका नीतिगत कमजोरी उजागर गर्नुका साथै, उपलब्धिहरू जनतालाई जानकारी दिनुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो, “सरकारका नीति र कार्यान्वयनमा त्रुटि भए त्यो जनसमक्ष पु-याउनु सञ्चारकर्मीको दायित्व हो । त्यस्तै, सरकारले गरेका राम्रो कामबारे पनि नागरिकलाई सुसूचित पार्नु सञ्चार क्षेत्रको बराबर जिम्मेवारी हो ।”
आर्थिक पत्रकार समाजसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताउँदै अर्थमन्त्री पौडेलले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरूमा सहयोग गर्दै आएको बताउनुभयो । ‘‘सेजनसँग वास्तवमा मन्त्री, नेतालाई तानेर लिएर आउने, आफ्ना कुरा सुनाउने ल्याकत, त्यो हैसियत छ । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ । सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ । सरकारले गरेका राम्रा कामहरू देख्नुभयो भने त्यसलाई पनि जनतासामु सम्प्रेषित गरिदिनुस् ।’’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस–युक्रेन तनावलगायतका कारण मुलुकको अर्थतन्त्रमा असर देखिएको र पछिल्लो समय सुधार हुँदै गएको बताउनुभयो ।
मुलुकको आर्थिक क्षेत्र सुधारका लागि निजी क्षेत्रबाट कसरी भूमिका खेल्न सकिन्छ भनेर महासंघले सधैँ पहल गरिरहेको बताउँदै उहाँले कानुनी र व्यवहारिक सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेको धारणा राख्नुभयो । कानुन कार्यान्वयन कमजोर हुँदा सोचेअनुरुप नतिजा प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्र सुधारका लागि कुन क्षेत्रमा कति लगानी आवश्यक छ र त्यसका लागि के कस्ता नीतिगत तथा कानुनी सुधार गरिनुपर्छ भनेर परिसंघले अध्ययन गरिरहेको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्र सूचकहरू विस्तार सुधार हुँदै गए पनि निजी क्षेत्र अझै लगानीका तयार नभइसकेको बताउनुभयो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका सुझाव तथा सिफारिस कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूले सञ्चार क्षेत्रले सामना गरिरहेका चुनौती, पत्रकारिताको गुणस्तर र आर्थिक क्षेत्रसम्बन्धी अनुसन्धानात्मक समाचारको आवश्यकताबारे विचार व्यक्त गर्नुभएको थियो ।

131 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ