पात्रो

रेडियो

समाचार खोजी

डिजिटल अर्थतन्त्रको मूल आधार अब व्यवस्थित हुने, राष्ट्र बैंकको एसआईपीएस फ्रेमवर्क लागू

साझा अर्थ संवाददाता १८ भदौ २०८२, बुधवार
समाचार सारांश

एसआईपीएस पहिचान गर्न राष्ट्र बैङ्कले पाँच मुख्य मापदण्ड निर्धारण गरेको छ । जसमध्ये समय–संवेदनशीलता, उच्च मूल्य, बजार हिस्सा, ऐतिहासिक कारोबार र प्रणालीबीचको अन्तरसम्बन्ध मुख्य छन् । यीमध्ये कुनै एक मापदण्ड पूरा भए पनि प्रणालीलाई एसआईपीएसको रूपमा मान्यता दिइने

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । विद्युतीय भुक्तानी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन नेपाल राष्ट्र बैङ्कले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणाली (एसआईपीएस) को पहिचान तथा नियमनका लागि नयाँ कार्यढाँचा सार्वजनिक गरेको छ ।
नेपालको डिजिटल अर्थतन्त्र तीब्र गतिमा अघि बढिरहेका बेला, त्यही प्रगतिमा सम्भावित प्रणालीगत जोखिमहरूलाई न्यूनीकरण गर्न राष्ट्र बैङ्कले  ठोस कदम चालेको छ । ठूलो रकम र संवेदनशील समयसीमाभित्र सेटलमेन्ट आवश्यक पर्ने भुक्तानी प्रणालीहरूको पहिचान तथा नियमनका लागि अब ‘एसआईपीएस फ्रेमवर्क’ लागू हुने भएको छ ।
यो फ्रेमवर्कले ठूलो मूल्यका तथा समय–संवेदनशील भुक्तानी प्रणालीहरूलाई स्पष्ट मापदण्डका आधारमा पहिचान, मूल्याङ्कन र नियमन गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालकहरूलाई प्रणालीगत रूपमा महत्वपूर्ण प्रणाली पहिचान गरिने व्यवस्थालाई कार्यान्वयन गर्दै राष्ट्र बैङ्कले एसआईपीएस फ्रेमवर्क ल्याएको हो ।
राष्ट्र बैङ्कका अनुसार कुनै एक प्रणालीमा समस्या आएमा समग्र वित्तीय प्रणालीमा गम्भीर असर पार्न सक्ने जोखिमका कारण यस्तो फ्रेमवर्क आवश्यक भएको हो । एसआईपीएस पहिचान गर्न राष्ट्र बैङ्कले पाँच मुख्य मापदण्ड निर्धारण गरेको छ । जसमध्ये समय–संवेदनशीलता, उच्च मूल्य, बजार हिस्सा, ऐतिहासिक कारोबार र प्रणालीबीचको अन्तरसम्बन्ध मुख्य छन् । यीमध्ये कुनै एक मापदण्ड पूरा भए पनि प्रणालीलाई एसआईपीएसको रूपमा मान्यता दिइने फ्रेमवर्कमा उल्लेख छ । फ्रेमवर्क अन्तरगत आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस जस्ता प्रणालीहरू पर्न सक्ने छन् । एसआईपीएसमा पर्ने प्रणालीहरूले कानुनी आधार बलियो बनाउने, जोखिम व्यवस्थापन गर्ने, अन्तिम सेटलमेन्ट सुनिश्चित गर्ने, वार्षिक आत्म–मूल्याङ्कन गर्ने र राष्ट्र बैङ्कलाई नियमित रिपोर्टिङ गर्नुपर्ने फ्रेमवर्कमा उल्लेख छ ।
फ्रेमवर्कले अन्तर्राष्ट्रिय मापदण्ड सीपीएमआई–आइओएससीओका सिद्धान्तहरूसँग मेल खाने व्यवस्था सुनिश्चित गरेको छ । राष्ट्र बैङ्कले आगामी दुई महिनाभित्र एसआईपीएस सूची सार्वजनिक गर्ने जनाएको छ । यो कदमले नेपालको डिजिटल भुक्तानी पूर्वाधारलाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ