पात्रो

रेडियो

समाचार खोजी

नेपालमा पहिलो पटक डिजिटल नोम्याड सम्मेलन, विश्वमै आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता

साझा अर्थ संवाददाता १५ भदौ २०८२, आइतवार
समाचार सारांश

पोखरा आफैंमा विश्व ब्राण्ड बनिसकेको उल्लेख गर्दै शान्त ताल, हिमालको सौन्दर्य र जीवन्त जीवनशैलीसहित यसलाई प्रविधि–मैत्री संरचना, को–वर्किङ स्पेस र स्वागतयोग्य वातावरणसँग जोड्दा डिजिटल नोम्याड्सका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्नेछ, पहिलो डिजिट नोम्याड समिटमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय डिजिटल नोम्याड र ४० भन्दा बढी नेपाली सहभागी भएका छन्

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । नेपाललाई डिजिटल नोम्याडका लागि विश्वकै आकर्षक गन्तव्यको रुपमा प्रस्तुत गर्न पोखरामा ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डले साराङसँगको सहकार्यमा आयोजना पहिलोपटक ‘डिजिटल नोम्याड समिट–बेसक्याम्प नोम्याड’ आयोजना गरिएको हो ।
अगष्ट २७ देखि ३१ सम्म सञ्चालन भएको नोम्याड बेसक्याम्पलाई सम्बोधन गर्दै पाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो पहल नेपाल पर्यटनको नयाँ अध्याय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आज हामी केबल एक समिट आयोजना गर्दैछौं भन्ने होइन, बरु नेपालले आफूलाई विश्वसामु प्रस्तुत गर्ने नयाँ अध्ययाको सुरुवात गरेको छ ।’’
हालैको वर्षमा ‘रिमोट वर्क’ र ‘डिजिटल नोम्यनडिज्म’ को प्रवृत्तिले विश्वकै काम गर्ने ढाँचा परिवर्तन गरेको उल्लेख गर्दै सीईओ जोशीले नेपाल यसका लागि आदर्श गन्तव्य बन्न सक्ने धारणा राख्नुभयो । “प्राकृतिक सुन्दरता, सांस्कृतिक गहिराइ, मानवीय आतिथ्य र सुरक्षित वातावरणका कारण नेपाल डिजिटल नोम्याडहरूको लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ,” उहाँले भन्नुभयो ।
पोखरा आफैंमा विश्व ब्राण्ड बनिसकेको उल्लेख गर्दै शान्त ताल, हिमालको सौन्दर्य र जीवन्त जीवनशैलीसहित यसलाई प्रविधि–मैत्री संरचना, को–वर्किङ स्पेस र स्वागतयोग्य वातावरणसँग जोड्दा डिजिटल नोम्याड्सका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने बताइएको छ । पहिलो डिजिट नोम्याड समिटमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय डिजिटल नोम्याड र ४० भन्दा बढी नेपाली सहभागी भएका छन् । यसले नेपाल केबल भ्रमणको गन्तव्य मात्र नभई सिर्जना, सहकार्य र नयाँ अर्थतन्त्रमा योगदान गर्ने थलोको रूपमा स्थापित हुन सक्ने सन्देश दिएको पनि सीईओ जोशीले बताएका छन् ।
सीईओ जोशीले थप्नुभयो, “नेपाल पर्यटनलाई पारम्परिक दायराबाट निकालेर ज्ञान पर्यटन, सिर्जनशील पर्यटन र डिजिटल युगको जीवनशैलीतर्फ अघि बढाउनु हाम्रो लक्ष्य हो । डिजिटल नोम्याडका लागि उपयुक्त वातावरण सिर्जना गर्न सके नेपाल विश्वकै केन्द्र बन्न सक्छ ।”
सम्मेलनमार्फत नेपालले एशियामा डिजिटल नोमाडिज्मको नेतृत्व गर्न सक्ने सम्भावना देखिएको र यसलाई दीर्घकालीन अभियानका रूपमा अगाडि बढाइने प्रतिबद्धता गरिएको छ ।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ