पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रति तोला ३ सयले बढ्यो

साझा अर्थ संवाददाता ११ भदौ २०८२, बुधवार

काठमाडौ : बुधबार सुनको मुल्य प्रती तोला ३ सयले बृद्दी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलवार नेपाली बजारमा सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेकाे चाँदीकाे मूल्य भने आज घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार बुधबारको बजारमा चाँदी २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबारको बजारमा दुई हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

132 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु